आजकाल हरेक नेपालीलाई देशको
चिन्ता छ, चाए यो मनमा होस् या बोलीमा, देशमा होस् या विदेश मा | आफ्नो देश राम्रो
होस् भन्ने चहाना को नेपालीको नहोला र | संबिधानको चहाना को
नेपालीको नहोला र | आजकाल मैले धेरै
चोटि नेपालको नक्सा कोर्र्छु यसरी हुन्छ कि प्रदेश उसरी हुन्छ
कि प्रदेश घन्टौ सम्म म मेरो मनको देश बनाउन कम्पुटरमा घोतलिन्छु | यो प्रदेश बनाउन नसकेको हिजोको हाम्रो
व्यवहारले हो | हिजो किन आज सम्म नि हामी नै हौ नि पहाड मा मदेसी लाई “मदिसे” भन्ने
अनि मदेशमा पहाडिया लाई खेद्ने | ऊही बाहुन क्षेत्री हुन् नेवारहरु लाई “न्यार” भन्ने र पहाडियालाई ए “पर्त्या”
भन्ने तामांग लाई “लिडे भोटे” भन्ने र बाहुन
लाई “टपरे बाहुन” भन्ने यो आजको दिन आउनमा
हाम्रो हिजोको बोलिको ठुलो हात छ |
हिजो किन आज सम्म नि जागिर
चाहियो हजुर भनेर नेताकोमा जाने हामी हौ र तेही नेता लाई गाली गर्ने पनि हामी नै |
हामी नेपाली काम एउटा गर्छौ बोली अर्र्कै गर्छौ | जब गारो पर्यो सतो सराप्छौ हिजोको
धरातल हामी बिर्सिन्छौ | हामी येस्तो दलदल भित्र छिरर्दैछौ कि हामीलाई त्यो कुरा को
पत्तो छैन | येस्तो दलदल कि हामी बाच्नको निम्ति
उम्कनको निम्ति आफना फयिदा को निम्ति दाउ चाल्छौ अनि यो दलदल मा झनझन भित्र भित्र हामी
हराउछौ | याद गर्नुहोस हामी भित्रका नेता, कार्यकर्ता र कर्मचारीहरुले गर्दा हाम्रो यो देशको यिस्थिति येस्तो भएको हो तर
ति सबै व्यक्ति त नेपालले नै जन्माएका हो नि येही हाम्रो संसकार, हाम्रो ब्यब्यहरले
जन्माएको हो | एक हजुरबाहरुको झुण्डले आफ्ना राम्रोका लागि कसैलाई श्रीपेज लगायिदिए
र फेरी आर्को हजुरबाले उतारिदिए | श्रीपेज लगयिदिने, लाउने, खोस्ने र ढाल्ने खेलमा
हामीले ५० वर्ष खेर फालेउ | जे भएनी जो भएनी हाम्रा हजुरबा, बा हरु श्रीपेजको दाउमा
परेकाले हामीले दुख पाका रेछौ | फेरी हामी त्यो मणि माडीक्यले भरेको श्रीपेजलाई खोपामा
राखेर नया जमानाको सुनको ह्याट लगाउन चाहन्छौ हामी हरेक नेपाली मौका पाएसम्म | हिजो
एक जनाको श्रीपेजका लागि त देश ६० वर्ष पछाडी धकेल्यो भने सबैको सुनको ह्याट लगाउने
मृगत्रिस्नाले यो देश कति पछाडी धकेलियेला यो आजका हजुरबाले सोच्नै पर्छ | येहा श्रीपेज
त एउटा किसा मात्र हो | येहा कोशीको, महाकालीको गण्डकीको पानीको निम्ति हाम्रा बाको
खल्ति को गल्ति र हाम्रा बाले लागाको सुनको ह्याटको कुरा कोई कसैका बा, हजुरबाले ठुलो
स्वर समेत नउठाको कारण तेस्को दुख हाम्ले पायेउ | सोचुन्स त हाम्रा परीवारमा कति छन्
काकाहजुरबा, ठुलोहजुरबा, काका, ठुलोबा तिनका खल्ती र गल्तिले गर्दा नै हाम्रो नेपालको
यो यिस्थिति भएको हो | हामी भोलिका हजुरबा र बा हौ हो भोलीको नेपालको यिस्थितिको जिम्मेवार
हामीले लिनुपर्छ | म अरु केहि भन्न चाहन्न हिजो श्रीपेजको निम्ति लड्ने तर महाकालीको
बिरुद्द, महंगीको बिरुद्द नलड्ने हाम्रा बा हजुरबा र एक दुई दिन तेलको निम्ति सडकमा
आउने, ऋतिक् रोशनको बिरुद सडकमा आउने अनि खल्ती भरेर गल्ति गरेर हिड्ने हाम्रो बा काका
हरुले गर्दा हामीले दुख पायेउ |
अब हामीलाई जातको निम्ति धर्मको
निम्ति उनीहरुको दाउमा राखीदैछ हो तेही भनेर हाम्रो हजुरबा गणेमानले नेपाली लाई भेडा
भनेका होलान जसले पनि दाउमा राख्न सक्ने | त्यो उनको अनुभब थियो | हिजो जिजुबाको पालामा
हामा जिजुबाहरुले खान पाका थिएनन सबै श्रीपेज जो थियो खाने ३ ओटा ५ ओटा श्रीपेज अनि
तिनका आसेपासे अनि के पाउथे बिचरा जिजुबा गए अंगेजका सेनामा अगाडी अगाडी तम्सिएर, अगाडी
किन जादैन थियेनी जो ब्रिटिस जर्मनका सासक थिए ति भेडा लाई उचाल्ने “नेपाली सेना मेरा
साथ भए बिश्व बिजय गर्छु” भन्थे अनि फेरी अगाडी गएर खुकुरी उचान्ने आट तिनको र तिनका
छोरा नातिको पेटले गर्दा थियो | जे होस् जिजुबाको पालामा पेट थियो दुखको कारण | यो
देशमा अझै धेरै ठाउमा पेट छ दुखको कारण | जेहोस हामीले दुख पाऊने कारण धेरै रेछन |
अहिले दुख पाको पेट मात्रै रहेन हाम्रा असिमित चहानानि हुन् किन कि मानिस आसन्तोकी
न ठहरियो हिजो बाका पालामा रेडियो चाहिन्थ्यो अहिले टिभी मात्र होयिन कम्प्युटर, ल्यापटप,
मोबाईल..., आयिप्याड आई… खोइ के के हुन् अफ्फै बुज्नुस यिनका लागि नि हामीले खल्ती
भर्नु पर्यो हामीलाई मात्र होयिन छोरा छोरी... श्रीमतीको चाहना म येहा गर्न चाहन्न,
उफ् बिदेसिले गरेका उनको चहाना पूर्ति गर्नाको निम्ति बनाका सामग्रीले गर्दा पनि हामी
बलिका बोका भयेउ.. हामीलाई पेटभर्न पनि चाहिन्छ, यी समान पनि चाहिन्छ अनि हाम्रो देशमा
सुकिलो सडक, उज्यालो बत्ति पनि चाहिन्छ | यो कुरा तपायिलाई मैले सुटुक्क भनेको नि मायिंड
नगर्नु होला नि म पनि त तेही पानि खाने तेही खेतको भात खाने भाते नेपाली न ठहरिये |
मेरो भन्नु एती हो कि हाम्रा बा, हजुरबाले खानेका खाल्डा मा हामी परेउ हामिले खनेको
खाल्डामा हाम्रा नातीछोरा नपरुन चाए त्यो जातको, पहिचानको, धर्मको खाल्डो किन नहोस
|
No comments:
Post a Comment